पुलिसको अग्रता

दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिभागिय टिम नेपाल पुलिस क्लबले अर्को बिभागिय टिम एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै अग्रस्थानमा रहन सफल भएको छ । ताप्लेजुङ नगरपालिका स्थित आर्मीको कोर्टमा बुधवार भएको खेलमा पुलिसले एपीएफलाई २६–२४,२५–१७ र २५–११ ले स्तब्ध बनायो । पुलिसले जारी प्रतियोगितामा २ खेलबाट अपराजित रहदै ६ अंक जोडेको छ । एपीएफले भने आफ्नो पहिलो खेलमै पराजय ब्यहोरेको छ । राउण्ड रबिनको पद्धतीबाट खेलाईको खेलमा आयोजक पूर्वाञ्चलले पहिलो जित निकाल्दै २ अंक जोडेको छ । पूर्वाञ्चलले पहिलो र दोश्रो सेट २५–१३ र २७–२५ ले आफ्नो नामा बनाए पनि जितका लागि पाँचौ सेटको प्रतिक्षा गर्नु पर्यो । मध्यामञ्चलले लगातार दुई सेट गुमाए पनि खेलमा फर्कदै तेश्रो र चौथो सेट २५–२२ र २५–२० ले आफ्नो पक्षमा पादै खेल २–२ को अवस्थामा पुर्याउन सफल भयो । निर्णयक सेटमा भने पूर्वाञ्चलले उत्कृष्ट प्रदर्शन गदै १५–८ ले नतिजा निकाल्यो । पूर्वाञ्चलले ३–२ को सेटमा जित हात पारे पछि फिभाको नियम अनुसार २ अंक मात्र प्राप्त गर्न सक्यो । मध्यामञ्चलले हार पश्चिात पनि १ अंक प्राप्त गर्ने सफल भयो ।

Comment