सेमिफाइनल सम्भावना जिवितै

team tennis
कतारको दोहामा जारी एसियन जुनियर टेनिस च्याम्पियनसीपमा नेपालले पहिलो जित हात पारेको छ । कतासंगको खेलमा नेपाल २–१ ले विजयी भएको हो । जित पछि नेपालको सेमिफाइनल प्रबेशको सम्भावना कायम रहेको छ । एसियाको उत्कृष्ट १० जुनियर टेनिस टोलीको सहभागिता रहेको प्रतियोगिताको समुह एमा नेपालले पहिलो खेलमा भारतसंग पराजय भोगेको थियो । नेपाली टोलीमा सरंक्षक भुषण बज्राचार्य, सम्यक भुषण बज्राचार्य, प्रनब खनाल र रेन्जन लामा समाबेश छन् ।

Comment