सुवास र भूमि सफल

नेपाल आर्मी क्लबका सुवास श्रेष्ठ र भूमि गुरुङको जोडीले सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । रानीबु युवा समूहका दर्शन थापा र अविन कार्कीको जोडी विरुद्धको खेलमा सुवास र भूमिको जोडी २१–१३ र १६–१० ले अगाडि रहेको अवस्थामा दर्शन र अविनको जोडी रिटायर्ड हर्ट भएका थिए । अर्को खेलमा आयोजक किङ कम स्पोर्ट्स क्लबका राजेश गुरुङ र नारायण पाण्डेको जोडीले बानेश्वर युथ क्लबका सत्यनारायण मानन्धर र नरेश फुर्कोटीको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा हराए ।

Comment