सि ड्रिबल्स कप बुधबार


डि एकेडेमीको आयोजनामा सि ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा आयोजकको रातो र नीलो गरी २ टिमसहित १६ टिमको सहभागिता रहने आयोजक एकेडेमीका प्रिन्सिपल टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित १ लाख ५० हजार खर्च हुने विद्यालय व्यवस्थापनका अध्यक्ष विष्णुप्रसाद पन्तले बताए । खेलहरु चावहिलको गणेशस्थान चौरमा हुनेछ । फाइनल शनिबार हुनेछ ।

Comment