सौर्य बास्केटबल बुधबारदेखि


सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलको आयोजनामा प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्समा ४ गरी १६ टिमको सहभागिता रहने सौर्यका प्रिन्सिपल भीमहाङ लिम्बूले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्सको खेल राउन्ड रोविन लिगका आधारमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ७५ हजार खर्च हुने आयोजकले जनाएको छ । आइतबार सम्पन्न हुने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित आयोजककै कोर्टमा हुनेछ । ‘अन्ली स्पोर्ट्स’ का प्रोप्राइटर जग्दिश भेटवालले प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने भएका छन् ।

Comment