साइपाल सेमिफाइनलमा

साइपाल एकेडेमी छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा साइपालले रुपिजलाई ४२–३५ ले पराजित गर्दै समूह उपविजेता बन्यो । साइपालको जितमा निश्चल गुरुङले १४ अंक योगदान गरे । ब्वाइजमै समूह ‘बी’ को लिग खेलमा यसअघि नै सेमिफाइनल पुगिसकेको आयोजक एसले काष्ठमण्डपलाई ३६–३४ को साँघुरो अन्तरले हराउदै समूह विजेता बन्यो । एसका लागि नियोन शेरचनले १८ स्कोर गरे । काष्ठमण्डप पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।
सेमिफाइनलमा एसको भेट साइपालसंग हुनेछ भने मल्पीले काष्ठमण्डपको सामना गर्नेछ । गल्र्सको सेमिफाइनल द ब्रिटिस मोडेल स्कुल र मल्पी तथा जेम्स र नामीबीच हुनेछ ।

Comment