एलिसा र टिकाराम लाई स्वर्ण

एलिसा लिम्बु र टिमराम लिम्बुले राष्ट्रपति रनिङशिल्ड निर्वाचन क्षेत्र नम्वर १ को छनोट खेलको सटपुटतर्फ स्वर्ण जितेका छन् । नवज्योती बोडिङ स्कुलकी छात्रा एलिसाले कञ्चन एकेडेमीका निमाफुटी शेर्पालाई पछि पादै स्वर्ण जितिन् । सटपुटकै छात्रतर्फ कञ्चन एकेडेमीका टिकारामले सिबा उमाबीका निश्चल तामाङलाई पछि पारेका थिए । त्यस्तै ज्याब्लिङ–थ्रोतर्फ कञ्चन एकेडेमीका निमाफुटी शेर्पा र संजोग लिम्बुले स्वर्ण हात पारे । छात्रातर्फ निमाफुटीले जनता माबी हाङदेर्वाकी ऐतिहाङ लिम्बुलाई तथा छात्रतर्फ संजोगले अक्स्र्फोड माबीका जितबहादुर पालुङ पछि पारेका थिए ।

Comment