दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबलमा पुलिस र आर्मीको बिजयी सुरुवात

बिभागिय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिजयी शुरुवात गरेका छन् । ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोेर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायोे । पुलिसले पूर्वाञ्चलमाथी सहज जित निकाल्ने क्रममा २५–१८,२५–१३ र २५–१४ ले हरायो । राउण्ड रबिनका आधारमा संचालन भएको अर्को खेलमा आर्मीले मध्याञ्चललाई ३–० को सेटमा पराजित गर्यो । आर्मी हावी रहेको खेलमा मध्याञ्चल २५–१०,२५–१७ र २५–१० को सेटमा पछि परेको थियो ।
सर्वाधिक पुुरस्कार रासीको भलिबल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उद्घाटन गरेका थिए । ७ फाल्गुनसम्म चल्ने प्रतियोगिताका बिजेता टिमले ३ लाख ३० हजार,उपबिजेताले १ लाख ६५ हजार र तेश्रो र चौथो हुने टिमले समान ३५ हजार नगद प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा राखेप सदस्य उपेन्द्र पौडेल, आयोजक ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवास चाम्लिङलगायतको उपास्थिति रहेको थियो । पाच टिम सहभागिता रहेको प्रतियोतिामा पाँचौ टिमको रुपमा एपीएफ क्लब रहेको छ ।

Comment