गजेन्द्र र सुजनको जोडी विजयी

सातौं बबिन स्मृति ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत सोमबार ललितपुरका गजेन्द्र राई र सुजन राईको जोडीले किङकमका दिनेश थुलुङ र हेमराज राईको जोडीलाई सोझो सेटमा २१–१८, २१–१४ ले हराएर दोस्रो चरण पार गरेको छ ।
अर्को खेलमा विशालनगरको जोडी राजेन्द्र गुरुङ र राजीव रानाले टोटल फिजिकल क्लबका भाष्कर बानियाँ र कमल ढुङ्गानालाई २१–१२, २१–१५ ले हराएका छन् ।

Comment