माहिका, प्रेरणा र संरक्षकको विजयी सुरुवात

 

फाइल तस्बिरः संरक्षक भुषण

नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ सोमबार सुरु भएको छ । उद्घाटन दिन महिला एकलमा नेपालकी माहिका राना र प्रेरणा कोइरालाले पहिलो चरणमा जित हात पारे । पुरुष एकलमा नेपालका संरक्षक वज्राचार्य दोस्रो चरणमा प्रबेश गरेको छ । पहिलो चरणमा माहिकाले भारतकी मिसा सुदलाई ६–३, ६–४, ले हराइन् । प्रेरणाले भारतकी जाई जीवनलाई ६–१, ६–२ पराजित गरिन् । नेपालकी विभुति कार्की भने शीर्ष वरीयताप्राप्त खेलाडी वैदेही चौधरीसँग ६–०, ६–१ ले हारिन् । यसैगरी, विजिशा श्रेष्ठ पनि भारतकी माल्भिका सुक्लासँग ६–२, ६–३ ले पराजित भइन् ।
पुरुष एकलमा संरक्षकले भारतका प्रत्युष मोहन्तीलाई ७–५, ६–२ ले हराए । अन्य खेलमा भारतका जैसभिन सिदानाले नेपालका प्रणव खानललार्य ४–६, ६–३, ६–१ ले तथा शीर्ष वरीयताका मृत्युञ्जय बडोलाले नेपाकला साम्राज्ञ कटुवाललाई ६–०, ६–०ले हराए । भारतका कबीर मनराईले नेपालका सौरभराज पाण्डेलाई ६–०, ६–० र अथर्व शर्माले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले हराए ।

Comment