एस सेमिफाइनलमा


आयोजक एस छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । एसले द ब्रिटिस मोडेल कलेजलाई ४२–३२ ले पराजित ग¥यो । एसको जितमा फुर्पा नेतुप लामाले १२ अंक योगदान गरे । ब्वाइजकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मल्पीले रुपिजलाई ७०–५५ ले हराउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । मल्पीका त्रसाङ मास्केले २७ अंक जोडे । ब्वाइजमै साइपाल एकेडेमीले बुढानीलकण्ठलाई ५४–४२ ले पन्छायो । साइपालका मिलन दुराले १६ अंक बटुले ।
गल्र्समा ब्रिटिसले रुपिजमाथि १४–८ को जित रच्दै सेमिफाइनल यात्रा तय ग¥यो । विजेताकी निलम पुनले ६ अंक जोडिन् ।

Comment