दोश्रो मोहन स्मृति उच्च मावि स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

 

पोखरा । लियो क्लव अफ पोखरा सेन्ट्रल र हिसान कास्कीको आयोजनामा सम्पन्न दोश्रो मोहन स्मृति कास्की जिल्ला उच्च मावि स्तरीय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि पश्चिमाञ्चल उच्च माविका ईशान खड्काले जितेका छन् । आइतबार भएको फाइनल खेलमा केफ उच्च माविका राजन जिसीलाई २१–१६ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । सो स्पर्धामा पश्चिमाञ्चलकै मन्दिस बस्नेत तृतीय र सोही स्कुलका अनिस अधिकारीले सान्त्वना स्थान प्राप्त गरे ।

त्यस्तै डबलतर्फको उपाधि केफ उच्च राजन जिसी र अञ्जन खड्का प्रथम भए । सो स्पर्धामा पश्चिमाञ्चल उच्च माविका इशान खड्का र मन्दिस बस्नेतको जोडी तृतीय भए । सो स्पर्धामा पश्चिमाञ्चलकै अनिस अधिकारी र सुशान्त बस्नेतको जोडी तृतीय तथा सगरमाथा उच्च माविका सन्देश र सन्दीप भण्डारीको जोडीले सान्त्वना स्थान प्राप्त गरे ।यसैगरी छात्रातर्फको सिंगल स्पर्धामा सिर्जना उच्च माविकी अञ्जली क्षेत्री प्रथम भईन् । सो स्पर्धामा सैनिक आवासीय माविकी प्रतिभा केसी दितीय, पश्चिमाञ्चल उच्च माविकी सन्ध्या शर्मा तृतीय तथा ग्लोवल उच्च माविकी अलिनो तिलिजाले सान्त्वना स्थान प्राप्त गरिन् ।

यसैगरी छात्र डवल तर्फ सैनिक आवासिय उच्च माविका प्रनिता देवान र प्रतिभा केसीको जोडी प्रथम, ग्लोवल कलेजियट उच्च माबिका सविना गुरुङ र अलिना तिलिजा द्धितिय भइन । पश्चिमाञ्चल उच्च माबिका सन्ध्या शर्मा र संस्कृति पौडेलको जोडी तृतीय तथा पश्चिमाञ्चलका शुष्मी श्रेष्ठ र अर्पना पौडेल सान्तवना स्थाल हासिल गरे ।विजेताहरु पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, लियो क्लव अफ पोखरा सेन्ट्रल पोखराका प्रेसिडेन्ट बुद्ध गुरुङ र कार्यक्रम संयोजक इशान खड्काले पुरस्कार वितरण गरेका थिए ।

Comment