राजु र विकासको जोडी सफल

आयोजक किङ कम स्पोर्ट्स क्लबका राजु रायमाझी र विकास राईको जोडीले सातौं बविन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार सफलता हात पारेका छन् ।उक्त जोडीले न्यु बानेश्वर क्लबका देवेन्द्र दुलाल र बच्चन पुर्वेको जोडीलाई २१–१०, २०–२२ र २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा थर्ड आई क्लबका बालकृष्ण ढुंगाना र बद्री कार्कीको जोडीले पशुपतिका राजेन्द्र कुँवर र कुमार अर्यालको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा हराए ।

Comment