कबड्डी प्रशिक्षक प्रशिक्षण सुरु

नेपाल कबड्डी संघको आयोजनामा कबड्डी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको आईतबार एक समारोहविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरे ।
५ दिन सम्म संचालन हुने कार्यक्रममा नेपाल भरिका ६० प्रशिक्षकहरुले सहभागिता जनाउने छन् । प्रशिक्षार्थीहरुलाई विनोद प्रजापती, विरेन्द्र यादव, बिमल पोखरेल, पशुपति प्रजापती र लक्ष्मी नारायण श्रेष्ठले प्रशिक्षण प्रदान गर्ने छन् ।
कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले यस प्रशिक्षण कार्यक्रमबाट उत्पादित प्रशिक्षकहरुले दक्षिण एशियामा पदक प्राप्त गर्न सफल यस खेलले आगामी दिनमा दक्षिण एशियामा मात्र नभई एशियाली स्तरमा समेत आफुलाई द¥हो रुपमा प्रस्तुत हुन सक्ने खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

Comment