मल्पी सेमिफाइनलमा


डिफेन्डिङ च्याम्पियन मल्पी छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल मल्पीले आयोजक एसलाई ३५–२५ ले पराजित ग¥यो । मल्पीको जितमा केल्साङ शेर्पाले १३ अंक योगदान गरिन् । यो समूहबाट जेम्स समूह विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । गल्र्सकै अर्को लिग खेलमा ब्रिटिस मोडेलले नामीलाई ७–६ को झीनो अन्तरले हरायो । ब्रिटिसकी विशेषता बर्देउलाले ३ अंक जोडिन् ।
ब्वाइजमा पनि ब्रिटिस जित निकाल्न सफल भयो । सन्देश कुलुङको ११ अंक सहयोगमा ब्रिटिसले नामीलाई ४०–२५ ले सहजै पन्छायो । ब्वाइजको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मल्पीले साइपाल एकेडेमीमाथि ८०–७० को जित प्राप्त ग¥यो ।

Comment