लिबर्टीको विजयी सुरुआत


लिबर्टी कलेजले तेश्रो विशाल विष्ट स्मृति लिबर्टी कप अन्तरकलेज फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । एन्फा टेक्निकल सेन्टर, च्यासल मैदानमा भएको उद्घाटन खेलमा लिबर्टीले हिमालयन ह्वाइटहाउस कलेजलाई १–० गोलले पराजित ग¥यो । जितसंगै लिबर्टी क्वाटरफाइनलमा पुगेको छ । गौरव थापा मगरले निर्णायक गोल गरे ।प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छै्रटा्रैं दक्षिण एसिायली खेलकुदको स्वर्ण विजेता फुटबल टोलीका सदस्य लोकबहादुर शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
लिबर्टी कलेज र विशाल स्मृति प्रतिष्ठानद्वारा संयुक्त आयोजित नकआउट प्रतियोगितामा १६ छात्र टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल शनिबार हुनेछ । फाइनल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
विशालको २०७० सालमा लिबर्टी कलेजमा बिबिए आठौं सेमेस्टरमा अध्ययनरत रहेका बेला निधन भएको थियो । उनैको सम्झनामा २०७१ सालदेखि नियमित रुपमा प्रतियोगिता हुँदै आएको छ ।

Comment