एपेक्सका अनिल सेमिफाइनलमा


आयोजक एपेक्स लाइफ स्कुलका अनिल मल्ल प्रथम एपेक्स लाइफ अन्तरविद्यालय तेक्वान्दो प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिलको सरस्वतीनगरमा भएको पुरुष २७ केजीमुनि खेलमा अनिलले शुभारम्भका अभिषेक बस्नेतलाई पराजित गरे । महिलाको ४६ केजीमुनि आदर्शकी पुनम खत्रीले थ्री स्टारकी उजन शेर्पालाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।
प्रतियोगिताको एपेक्सका प्रिन्सिपल विशाल क्षेत्रीले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा विभिन्न १५ विद्यालयका २ सय १० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment