एपेक्सलाईफ तेक्वान्दो आइतबारदेखि

प्रथम एपेक्स लाइफ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता आईबारदेखि हुने भएको छ । स्पेक्स लाइफ विद्यालय,सरस्वती नगरमा हुने प्रतियोगितामा १५ विद्यालयको सहभागीता रहने इसीए इन्चार्ज प्रेमसुन्दर होनाले बताएका छन् । प्रतियोगितामा २ सय १० खेलाडीको सहभागीता हुने छ । पुरुषतर्फ १० स्वर्ण पदक र महिलातर्फ ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने होनाले बताए ।

Comment