ग्योरोगीमा नेपाल अघि

फाइल तस्बिर ः विवेक केसी

प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको टिम पुम्सेतर्फ ८ स्वर्णका साथ भारत ए पहिलो ,३ स्वर्ण जितेको बंगलादेश दोस्रो र एक स्वर्ण,३–३रजत र कास्य जितेको नेपालको न्यु जेनेरेसन डोजाङ तेस्रो भएको छ । ब्यक्तिगत पुम्सेतर्फ महिलामा भारतकी निल्याम साम्पाङ र पुरुषमा बंगलादेशका दिपु चक्मा उत्कृष्ट भए । टिम पुम्सेतर्फ पुरुषमा नेपालको स्युचाटार डोजाङका अस्मीन राउत,राम गोले र लक्ष्मण गोलेको टिम तथा महिलामा भारतका स्नेहा प्रधान,अस्मीता क्षत्रि र प्रनिसा गुरुङको टिम उत्कृष्ट भयो । पेएर पुम्सेतर्फ नेपालका जगदिश सिंह पाली र सिता तामाङको जोडी उत्कृष्ट चूनिए।
शनिबार भएको पुरुषको ग्योरोगीतर्फ पनि नेपाली खेलाडीले विदेशी खेलाडीको चुनौती सहजै पारगर्दा पदक तालिकामा नेपाल अग्रस्थानमा उभिएको छ । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)कभर्डहलमा भएको खेलमा पुरुषतर्फको फाइटमा पनि नेपाल अब्बल साबित भयो । पुरुषको सिनियरतर्फ ५४केजीमुनि नेपाल कोपेशका सागर मगर र च्यालेन्जर नेपालकै गणेश सुसान फाइनला प्रवेश गर्दा मान्डुका गोविन्द योन्जन र न्युजेनेरेसनका पवन राईले कास्य तथा ५८केजीमुनि नेपाल पुलिसका विपुल लिम्बु र न्युरक्षाका कुमार मगर फाइनलमा प्रवेश गरे । सोही तौलमा विरगन्जका विक्रान्त डंगोल र काठमाडौंका पवन महतले कास्य हात पारे ।
पुरुषको जुनियरतर्फ ४५केजीमुनि चुनदेवीका अशोक लामाले स्वर्ण,कोटेश्वरका दिनेश बहादुर साउदले रजत,पुलिसका जिवन पुन र सुर्खेतका गणेश गुरुङले कास्य तथा ४८ केजीमुनि भारतका अरुण सुर्यावन्सिले स्वर्ण, सितापाइलाका प्रयास भण्डारीले रजत,विरगन्जका मन्जिल मियाँ र काठमाडौंँका आयुष लामाले कास्य हात पारे । पुरुष जुनियतफकै ५१केजीमुनि कोटेश्वरका विवेक केसीले स्वर्ण, सितापाइलका सैलेश गीरीले रजत,गाम्सा डोजाङका रन्जित साउद र श्रमीकका प्रविन मगरले कास्य,५५ केजीमुनि सितापाइलका विशाल गोलले स्वर्ण,नेपालका महेश थापा मगरले रजत,नेपालका दिपेन्द्र केसी र भारतका पवन राइले कास्य तथा ५९ केजीमुनि भारतका इन्द्रजित परिदाले स्वर्ण, आयोजक युनाईटेडका प्रविन तामाङले रजत,नेपाल पुलिसका दिपेन्द्र खत्रि र जेसिसका रुपेश श्रेष्ठले कास्य पदक जित्न सफल भए ।
प्रतियोगितामा समय अभावका कारण कृतिम प्रकाशमा शनिबार राती र आइतबार खेल सञ्चालन हुने आयोजकका सदस्य कुमार लामा घिसिङ बताए । शनिबार प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ,प्रतियोगिता संयोजक नोर्बु लामा र केन्द्रिय सदस्य बद्धि घिमिरे लगायतले पुरस्कृत गरे । प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका प्रतिस्पर्धा गरेका थिए । पुम्सेको जुनियरमा १२ देखि १४ बर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ बर्षको महिला तथा पुरुष,१७ बर्ष माथीको सिनियर महिला तथा पुरुष गरि ६ डिभिजनमा प्रतिस्पर्धा भएको थियो । पुम्सेतर्फ ३८ स्वर्ण र फाइट (क्योरुगी)तर्फ कुल ४० स्वर्णका पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Comment