खगेन्द्र र नवीन सफल

आयोजक किङ कम स्पोर्ट्स क्लबका खगेन्द्र गुरुङ र नवीन श्रेष्ठको जोडीले सातौं बविन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शनिबार जित हात पारेका छन् । उक्त जोडीले थर्ड आई क्लबका पुरुषोत्तम थापा र नवराज उप्रेतीको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गरे ।
अर्को खेलमा देवीनगर क्लबका अनिल थाम्साहाङ र महेश थापाको जोडीले तीनचुली क्लबका दीपु मगर र विशाल लिम्बूको जोडीलाई २१–१६ र २१–१५ को सीधा सेटमा हराए ।

Comment