जेम्स सेमिफाइनलमा


जेम्स छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिग खेलमा जेम्सले डिफेन्डिङ च्याम्पियन मल्पीलाई ३३–२५ ले पराजित गर्दै समूह विजेता बन्यो । जेम्सको जितमा रोशन राईले १७ अंक योगदान गरिन् ।
ब्वाइजमा काष्ठमण्डप, डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एसले सफलता आत्मासात् गरे । काष्ठमण्डपले ब्रिटिस मोडेललाई ४४–४० ले हरायो । विजेताका सिजन डंगोलले २५ अंक जोडे । वाङगेल गुरुङको १९ अंक सहयोगमा मल्पीले बुढानीलकण्ठलाई ६४–५० ले पन्छायो । नामी विरुद्धको खेलमा एस ४५–३४ ले विजयी भयो । एसका नियोन शेरचनले २६ स्कोर गरे ।

Comment