मनिष ब्लिट्ज चेस च्याम्पियन

 
 पायोनियर पब्लिक स्कुल कपनद्धारा आयोजित खुल्ला फिडे रेटिङ्ग ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि ६ अंकका साथ फिडे मास्टर मनिष हमालले जितेका छन् । स्वीस लिग ७ राउण्डको खेलमा मनिषले ५ जीत र दुइ बराबरी खेलेका थिए । उपाधिसँगै उनले नगद साढे ५ हजार हात पारे । त्यसैगरी समान ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा मखन चेस क्लबका सुमन लामा दोश्रा र थापाथलि चेस पार्कका क्षितिज भण्डारी तेश्रा भए । उनीहरुले क्रमशः ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।
एक दिने टुर्नामेन्टमा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार चौथौं, बद्रिलाल नेपाली पाँचौं, मोरङ्गका पूर्णराज खड्का छैटौं, पुण्यमान कर्माचार्य सातौं, सुशील चौधरी आठौं, रिजेन्द्र राजभण्डारी नवौं र बुटवलका सनत कुँवर दशौं भए । त्यसैगरी अनरेटेडतर्फ हेमराज भण्डारी उत्कृष्ठ भए ।
विजयी तथा सहभागीहरुलाई आयोजक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठको सभापतित्वमा एक कार्यक्रमबीच काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु, महासचिव हेराकाजी महर्जनलगायतले ट्रफि, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे ।
Comment