आइकिडोमा शितकर निर्विरोध


नेपाल आइकिडो संघको दोश्रो साधारणसभाले शितकर राजभण्डारीलाई अध्यक्षमा निरन्तरता दिदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।वरिष्ठ उपाध्यक्षमा सानु गुरुङ, उपाध्यक्षद्वयमा मणिकुमार सुनुवार र एविराज राई, महासचिवमा प्रमोदराज अधिकारी, उप महासचिवमा नहकुल राई, सचिवमा गंगा राई तथा कोषाध्यक्षमा चन्द्रबहादुर तामाङ रहेका छन् । केशवराज खनाल, गृमान पुन, उमा श्रेष्ठ, उत्तमकुमार सुनुवार, नयन्द्र राई र मानबहादुर गुरुङ सदस्यमा चयन भए ।
संघको शनिबारै बसेको बैठकले धर्मकुमार श्रेष्ठ, प्रताप गुरुङ र टिकेन्द्र ओझालाई उपाध्यक्षमा मनोनित गरेको छ । त्यस्तै डा. सुशीला नेपाली, रोदित केसी, अनिल श्रेष्ठ, दिपेश, भीमबहादुर तामाङ, कुसुम बस्नेत, प्रेमकुमार गुरुङ, दिपेश केसी, सूर्यप्रताप सुनुवार तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधिका रुपमा भोजानन्द राई र हरि राउत सदस्यमा मनोनित भए । राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक महेन्द्रकुमार राईलाई प्रमुख सल्लाहकारमा चयन गरिएको छ ।
पदाधिकारीहरुलाई राखेपअन्र्तगत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ खुवाएका थिए । त्यसअघि राखेपका सदस्य देवबहादुर अधिकारी साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभामा केन्द्रका २१ र विभिन्न १९ जिल्लाका २ का दरले ३८ गरी जम्मा ५९ प्रतिनिधि सहभागी थिए ।

Comment