ग्रिनफिल्ड र बुद्ध एकेडेमी क्वाटरफाईनलमा


ग्रिनफिल्ड र बुद्ध एकेडेमी पाँचौ नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा क्वाटर–फाईनलमा प्रवेश गरेका छन् । शनिवार भएको सिनियर ब्वाईजको खेलमा अनिस भण्डारीको सर्वाधिक १८ स्कोरको मद्दतमा ग्रिनफिल्डले आयोजिक नेरिकको बी टिमलार्ई ३७–१४ को स्कोरमा हराउदै अन्तिम आठमा प्रवेश गरेको हो । पराजय पश्चात नेरिक बी पनि समूह बीबाट उपबिजेताको रुपमा क्वाटर–फाईनलमा प्रबेश गर्न सफल भयो । सिनियर ब्वाईजकै अर्को खेलमा गोकुल मोक्तानको सर्वाधिक १७ स्कोरको मद्दतमा बुद्धले काब्यलाई ६०–२९ को फराकिलो अन्तरले हरायो । बुद्ध एकेडेमी समूह बीबाट उपबिजेताको रुपमा क्वाटर–फाईनलमा प्रवेश गर्दा बिजेताको रुपमा माउण्ड कैलाशले स्थान सुरक्षित गरिसकेको छ ।
शंखमूल स्थित आयोजक नेरिक इन्टरनेशनल स्कुलको कोटमा भएको जुनियर ब्वाईजको खेलमा एन्जल लर्टले ज्ञाननिकेतनलाई २९–२१ को स्कोरमा हराउदै क्वाटर–फाईनलमा प्रवेश गरेको छ । एन्जल लर्टको जितमा नविन तामाङले सर्वाधिक १२ स्कोर गरे । जुनियर ब्वाईजकै अन्य खेलमा पुष्प सदन र एआईएले सफलता हात पारेका छन् । पुष्प सदनले ग्रिनफिल्डलाई २२–१३ स्कोरले हराउदा रोजिन महर्जनले ११ स्कोर गरे । किरण चन्दको सर्वाधिक ८ स्कोरको मद्दतमा एआईएले काठमाण्डौं जभियरलाई ११–६ स्कोरले हरायो ।

Comment