बुम रेमिट विद्यालय स्तरीय प्रतियोगिताको उपाधी गोरखा माबिलाई

यही माघ २० गते देखी दाङको भरतपुरमा भएको बुम रेमिट विद्यालय स्तरीय २० ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी गोरखा माबि तुलसीपुरले जितेको छ । भरतपुरको पद्मोदय क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा गोरखा मावि घोराहीलाई ४० रनले हराउदै गोरखा माबि तुलसीपुरले उपाधी जितेको हो ।
प्रतियोगिताको विजेता बन्दै गोरखा माबि तुलसीपुरले २० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उप बिजेता गोरखा माबि घोराहीले नगद १० हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गलिएको गोरखा मावि तुलसीपुरले १८ दशमलव ३ ओभरको खेलमा १० विकेट गुमाई ८९ रन जोड्न सफल भएको थियो । खेलमा गोरखा माबि तुलसीपुरका आभाष बुढाथोकीले १७, सुशील परियारले १२ र विनोद नेपालीले १० रन जोड्न सफल हुनुभयो । यस्तै गोरखा मावि घोराहीका बलर जीवन राना, किरण राना र अजय यादवले समान १÷१ विकेट लिनुभएको छ । ९० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको गोरखा माबि घोराही १५ ओभरमा ४९ रनमा सिमित भयो । गोरखा माबि घोराहीका सविन डिसीले ७, जीवन रानाले ७, अरुण केसीले ५ रन जोड्नुभएको थियो भने गोरखा माबि तुलसीपुरका बलर अर्जुन विसीले ३, सुशील परियार र अजय भुषालले समान २÷२ विकेट लिनुभएको थियो । खेलमा घोराहीका अर्जुन विसी म्यान अफ द म्याच घोषित हुनुभयो । प्रतियोगितामा नव खेलाडि आशिष वलीलाई प्रशंसा पत्र र व्याट प्रदान गरिएको छ । यसैगरी गोरखा माबि तुलसीपुरका अभिषेक भण्डारीलाई उत्कृष्ठ बलर घोषित गर्दै प्रमाण पत्र र ग्याजेट स्टोरबाट मोबाईल सेट प्रदान गरिएको छ ।
त्यसैगरी गोरखा माबि घोराहीका आकाश पाण्डेलाई उत्कृष्ठ व्याट्स म्यान घोषित गर्दै एक थान मोबाईल सेट, एक थान व्याट र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडी दिपशिखा माबिका संगित पन्तलाई पनि नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैविच प्रतियोगितामा मुख्य प्रायोजक बुम रेमिट्यान्स प्राली, सह प्रायोजकहरु एपेक्स डिजिटल, क्रियटिभ टेक्नोसोलुशन, वेलकम रियल स्टेट, लालिगुँरास हाडवर एण्ड सप्लायस घोराही र न्यु मनकामना इट्टा उद्योग रहेका थिए ।
त्यसैगरी प्रथम पुरस्कार रमेश केसी र दोस्रो पुरस्कार सनत गिरीले प्रायोजन गर्नुभएको थियो । प्रतियोगितामा सहयोग गर्ने दुई दर्जन संस्था तथा व्यक्तिहरुलाई समेत प्रंशसा पत्र प्रदान गरिएको थियो ।

Comment