भलिबललाई सहयोग जारी

पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि बिदेशमा बस्ने पूर्व खेलाडी, प्रशिक्षक, रेफ्रि तथा भलिबल प्रेमीहरुबाट सहयोग आउने क्रम जारी नै रहेको छ । यसै क्रममा हङ्गकङ्गमा रहेका रेफ्रि रविन थापा मगरबाट १५ हजार, मनबहादुर गुरुङ्गबाट १५ हजार, साँग्रिला करी हाउस हङ्गकङ्गकी प्रोपाईटर सावित्री खड्काबाट महिला द्वितीय पुरस्कार रकम ७७ हजार ७ सय ७७ र रेफ्रि मनबहादुर बाट ४७ हजार २५ रुपैया गरि कुल १ लाख ५४ हजार ८ सय २ रुपैया राष्ट्रिय भलिबल रेफ्रि रविन थापा मगरले कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका छन् ।

Comment