काष्ठमण्डपको विजयी सुरुआत


काष्ठमण्डपले छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ । एस कलेजद्वारा आयोजित प्रतियोगितामा काष्ठमण्डपले नामीलाई ४५–४१ ले पराजित ग¥यो । काष्ठमण्डपको जितमा सिओ सेङ ह्युङले १४ अंक योगदान गरे । ब्वाइजकै अर्को खेलमा बुढानीलकण्ठले रुपिजलाई १८–१७ को साँघुरो अन्तरले हरायो । विजेताका अमन खनालले १३ अंक जोडे ।गल्र्समा नामी र जेम्स विजयी भए । आकृति श्रेष्ठको १० अंक सहयोगमा नामीले रुपिजलाई १०–५ ले पन्छायो । आयोजक एस विरुद्धको खेलमा जेम्स २०–१७ ले विजयी भयो । जेम्सकी साम्राज्ञी बस्नेतले १६ स्कोर गरिन् ।
प्रतियोगिताको एसकी प्रोग्राम एसिस्टेन्ट को–ओर्डिनेटर रश्मी शाक्यले एक कार्यक्रमबीच उद्घाटन गरिन् । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ८ र गल्र्समा ६ टिम सहभागी छन् ।

Comment