एआईए र एचएचसीए बिजयी


एआईए र एचएचसीए पाँचौ नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा सफलता हात पारेका छन् । शुक्रवार भएको सिनियर ब्वाईजको खेलमा किरणको सर्वाधिक १८ स्कोरको मद्दतमा एआईएले भद्रकालीलाई ३५–१९ को स्कोरमा हरायो । सिनियर ब्वाईजकै खेलमा एचएचसीए र माउण्ट कैलासले दोहोरो सफलता हात पारे । पहिलो खेलमा एचएचसीएले एसभी एकेडेमीलाई ३६–२९ को स्कोरमा हराउदा दोश्रो खेलमा स्वर्णिमतारालाई ४१–२० को फराकिलो अन्तरले हरायो । त्यस्तै माउण्ड कैलासले काब्यलाई ३४–१६ ले हराउदा दोश्रो खेलमा बुद्ध एकेडेमीलाई २७–२१ को स्कोरमा रोक्यो । सिनियर ब्वाईजकै खेलमा आयोजक नेरिक बी ले भद्रकालीलाई १९–१७ को स्कोरमा स्तब्ध बनायो ।
शंखमूल स्थित आयोजक नेरिक इन्टरनेशनल स्कुलको कोटमा भएको जुनियर ब्वाईजको प्रतिस्पर्धात्मक खेलमा नेरिक र ग्रीनल्याण्डले सफलता हात पारेका छन् । नेरिकले लालिगुरासलाई २०–१८ को स्कोरले हराउदा ग्रीनल्याण्डले पुष्पसदनलाई २३–१९ ले रोक्यो ।

Comment