प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको महिला स्पर्धामा नेपाल हाबी


काठमाडौं । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन भएको फाइटतर्फ नेपाली महिला खेलाडीले पदकमा बर्चस्व कायम गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको महिलाको फाइटमा सिनियर र जुनियरतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीको चुनौती सहजै समाप्त पारे । दोस्रो दिन महिलातर्फको फाइट भएको थियो ।
शुक्रबार भएको सिनियरतर्फ महिलाको ४६ केजीमुनि इन्डोनेसियाकी डिना मेर्सियाले स्वर्ण,नेपालकी कल्पना शाहीले रजत,चितवनकी सुदिक्षा गौतम र युनिसा राईले कास्य जिते । ५३ केजीमुनि नेपालकी कल्पना चौधरीले स्वर्ण,भुटानकी किन्जाङ छोडेनले रजत ,नेपालकी चादनी विश्वामित्र र सुस्मा पन्तिले कास्य पदक जिते । ५७ केजीमुनि नेपालकी सन्ध्या कुमारी शिंहले स्वर्ण,भुटानकी छिमि डोल्माले रजत, भारतकी प्रीती र नेपालकी विमला लामाले कास्य पदकमै चिक्त बुझाए । महिलाकै जुनियरतर्फ पनि नेपाली चेली हाबी हुँदा ४२ केजीमुनि नेपाल युनाइटेड डोजाङकी दक्षिणा शाही ठकुरीले स्वर्ण,भुटानकी तेन्जिङ वाङ्मोले रजत,चितवनकी सुर्पना थापा र सुस्मीता परियारले कास्य पदक हात पारिन् ।
त्यस्तै महिला जुनियरकै ४४ केजीमुनि कोटेश्वर डोजाङकी मनिता पाण्डले स्वर्ण,इसिसिडि नेपालकी श्रृस्टि सुन्दासले रजत,नेपालकी विविसा सिग्देल र भारतकी प्रीया दार्सिनीले कास्य,४६ केजीमुनि भारतकी निल्यान साम्पाङले स्वर्ण,नेपालकी अस्मीता तामाङले रजत,नेपालकी निदी सिंह र सुस्मा गेलालले कास्य तथा ४९ केजीमुनि सितापाइलाकी आयुषा लामाले स्वर्ण,भुटानकी कर्मा वाङमुले रजत,भारतकी गोमा क्षत्रि र नेपालकी रोसनी थिङले कास्य जितिन् । महिला जुनियरकै ५२ केजीमुनि भुटानकी यसि वाङ्मोले स्वर्ण,नेपालकी अन्जिला श्रेष्ठले रजत,नेपालकी आरती बोहोरा र बंगलादेशकी फ्रियाना क्वारैसीले कास्य तथा महिला क्याडेट ४० केजीमुनि नेपालकी अस्मीता महर्जनले स्वर्ण,नेपालकै मियामी थापामगरले रजत ,भारतकी पेजीला भुटिया र नेपालकी सुस्मीता तामाङले कास्य हात पारिन् । महिला क्याडेट २९ केजीमुनि युनाईटडकी सुप्रीमा बजगाईले भारतकी दिब्यान्जली शर्मालाई नकआउट गर्दै स्वर्ण दिलाइन् । सोही तौलमा नेपालकी दक्षिणा तामाङ र लक्ष्मी मगरले कास्य पदक जितीन् । शुक्रबार र शनिबार फाइट (क्योरुगी) तर्फ कुल ४० स्वर्णका लागि खेल हुनेछन् ।

Comment