महिला भलिबल टिम पुरस्कृत

volleyball taem
प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेको नेपाली महिला भलिबल टिमलाई प्रोत्साहन स्वरुप प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल, ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्च र भूतपूर्व कर्णेल प्रबलशमशेर जबराले नगदबाट बिहीबार पुरस्कृत गरेका छन् ।
टोलीलाई मञ्चले ७६ हजार, सम्पर्क मञ्जले ५ हजार र प्रबलशमशेरले २० हजार नगद पुरस्कार प्रदान गरे । प्रबलशमशेरले नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ, कप्तान विनिता बुढाथोकी र टिमकी कान्छी खेलाडी प्रतिभा मालीलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पार्ने क्रममा रजत जितेको थियो । ५ राष्ट्र सम्मिलित राउन्ड रविन लिगका आधारमा भएको च्याम्पियनसिपमा नेपालले माल्दिभ्स, बंगलादेश र श्रीलंकालाई हराएको थियो ।

Comment