पश्चिमाञ्चललाई तेश्रो स्थान


आयोजक पश्चिमाञ्चलले पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फ तृतीय स्थान हात पार्न सफल भएको छ । सृजना समाज केन्द्रको प्रायोजनमा भएको प्रतियोगिता अन्तरगत पश्चिमाञ्चलको महिला टिमले पुलिस टिमलाई ३ – ० ले पराजित गर्न सफल भयो । पहिलो सेटमा पश्चिमाञ्चलले २५–२१ को जित निकाल्यो । दोश्रो सेटमा पुलिसले १८–१३ को अग्रता लिएता पनि पश्चिमाञ्चलले आफुलाई सम्हाल्दै २५–२२ मा खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । तेश्रो तथा अन्तिम सेटमा पुन पश्चिमाञ्चलले २६–२४ को कठिन जित निकाल्दै जित हात पा¥यो ।
पश्चिमाञ्चलले ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । पश्चिमाञ्चलकी मञ्जु गुरुङ्ग खेलको उत्कृष्ट खेलाडी घोषित भईन् । पश्चिमाञ्चल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा शुक्रबारनै तेश्रो स्थानको लागि पुरुष तर्फ पश्चिमाञ्चल र एपिएफ विच भएको खेलमा पश्चिमाञ्चलले जित हात पा¥यो । पश्चिमाञ्चलले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै पुरुष तर्फकोे तेश्रो स्थान प्राप्त गरेको हो ।
एपिएफले पश्चिमाञ्चललाई पहिलो र दोश्रो सेटमा २५–२३, २५–१५ ले पछाडी पारेको थियो । पश्चिमाञ्चलले आफ्नो खेलमा सुधार गर्दै तेश्रो सेटमा २५–२३ र चौथो सेटमा २५–१५ को जित हात पार्दै खेललाई २÷२ को बराबरीमा पु¥यायो । पाँचौ तथा निर्णायक सेटमा पश्चिमाञ्चलले एपिएफलाई १५–१३ ले हराउँदै तेश्रो स्थान प्राप्त गर्न सफल भयो ।
तेश्रो भएबापत पश्चिमाञ्चलले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । पश्चिमाञ्चलका काजी के.सी. उत्कृष्ट खेलाडी घोषित भए । तृतीय स्थानको पुरस्कार महिला तर्फ हाल युकेमा रहेकी प्रिती गुरुङ्ग पोखराले र पुरुष तर्फको पुरस्कार पोखरा भलिबल क्लब सिड्नी, अष्ट्रेलियाले प्रदान गरेका हुन् ।

Comment