गोल्डेन र नेक्सस् सेमिफाइनलमा

गोल्डेन बर्ड र नेक्सस् दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै विनायक र डिफेन्डिङ च्याम्पियन बेस्ट ग्रुप भिजन पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए ।
अर्किड पुपिल सेकेन्डरी स्कुलद्वारा आयोजित प्रतियोगितामा गोल्डेन बर्डले बाल गीताञ्जलीलाई ४–०, नेक्सस्ले ग्लोबललाई ३–०, विनायकले पुष्प वाटिकालाई ३–१ तथा बेस्ट ग्रुपले श्रमशिल विद्यापीठलाई १–० गोलअन्तरले पराजित गरे ।

Comment