सीसीआरसी र जेभियर फाइनलमा

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेज तेश्रो हिसान खेलकुद सप्ताहअन्र्तगत ब्वाइज बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।सीसीआरसीले रोजबडलाई ५१–३५ ले पराजित ग¥यो । सीसीआरसीको जितमा मनीष केसीले १८ अंक योगदान गरे । सन्दिप श्रेष्ठको १६ अंक सहयोगमा जेभियरले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४६–४१ ले हरायो ।गल्र्सतर्फ जेभियर र नासा इन्टरनेसनल कलेजले उपाधि भिडन्त पक्का गरे । जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ३४–८ ले सहजै पाखा लगाउदै दोहोरो उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको छ । जेभियरकी कर्मा छुतिङ शेर्पाले १९ स्कोर गरिन् । अर्को एकपक्षीय सेमिफाइनलमा नासाले हिम्समाथि ५३–७ को आरामदायी जित दर्ता ग¥यो । नासाकी विपना छुवाईंले २६ अंक जोडिन् ।
फाइनल शुक्रबार बसुन्धारास्थित ऋत एकेडेमीको कोर्टमा हुनेछ । बास्केटबलको समापनसंगै हिसान खेलकुद सप्ताह औपचारिक रुपमा सम्पन्न हुनेछ । हिसान खेलकुद सप्ताहअन्तर्गत पुरुष भलिबल, बुद्धिचाल, टेबलटेनिस, फुटसल, ब्याडमिन्टन र टग अफ वार सम्पन्न भइसकेको छ ।

Comment