पंकज र अनिरुद्र विजयी

आयोजक किङ कम स्पोर्ट्स क्लबका पंकज लामिछाने र अनिरुद्र गुरुङको जोडीले सातौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्समा बिहीबार जित हात पारेका छन् ।
पुरानो बानेश्वरस्थित भीमसेनगोलमा भइरहेको प्रतियोगितामा उक्त जोडीले जोरपाटीका गणेश श्रेष्ठ र ध्रुव दाहालको जोडीलाई २१–१९, ११–२१ र २१–१२ को सेटमा पराजित गरे । नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडीले चन्द्रसूर्य ब्याडमिन्टन क्लबका केशव बोहरा र बद्री श्रेष्ठको जोडीबाट वाक ओभर पाए ।

Comment