एस कप बास्केटबल शुक्रबारदेखि


एस कलेजको आयोजनामा छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ ८ र गल्र्समा ६ गरी १६ टिमको सहभागिता रहने आयोजकले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । दुवै समूहमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
लिग चरणका खेलहरु नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने आयोजकले जनाएको छ । ब्वाइज र गल्र्स दुवैमा मल्पी डिफेन्डिङ च्याम्पियन हो ।

Comment