अनमोललाई नेफ–साइपाल फुटबल उपाधि

अनमोल ज्योतिले नेफ–साइपल यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ), प्याब्सन र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा अनमोलले दीपिका एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । अनमोलका सविन लामा, विनम गुरुङ र प्रफुल्ल गुरुङले गोल गरे । दीपिकाका सौरभ खत्री र सागर श्रेष्ठले गोल गरे । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सएिपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।अनमोलका विनम गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता अवधिभर ७ गोल गरेका दीपिकाका सागर श्रेष्ठ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । हाइली क्रिएटिभले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, नेफका अध्यक्ष नारायण रोकाया, साइपालका प्रिन्सिपल सुमन नगरकोटी, ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ६४ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जनाएका छन् ।

Comment