आयोजक नेरिक र सेबको बिजयी शुरुवात

आयोजक नेरिक र सेब स्कुलले पाँचौ नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । बिहिवार भएको सिनियर ब्वाईजको उद्घाटन खेलमा नेरिकले छिमेकी स्कुल एआईएलाई ३४–२४को स्कोरमा हरायो । साबिक बिजेता नेरिकको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेका बिष्णु खत्रीले सर्वाधिक १५ स्कोरको योगदान दिएका थिए । त्यसै गरि जुनियर ब्वाईजमा सामाखुसी बोडिङ स्कुल(सेब)ले सफलता हात पारेको छ । बिष्णु रानामगरको सर्वाधिक ११ स्कोरको मद्दतमा सेबले एआईएलाई २७–१७ को स्कोरले स्तब्ध बनायो । शंखमूल स्थित आयोजक नेरिक इन्टरनेशनल स्कुलको कोटमा भएको सिनियर ब्वाईजको अर्को खेलमा एसभी एकेडेमीले स्वणर््िामतारालाई २७–२० को स्कोरमा हराउदा राजन श्रेष्ठले सर्वाधिक १३ स्कोरको योगदान दिए । त्यस्तै जुनियर ब्वाईजमा एन्जल लटले पिपुल्समाथी ३१–२७ को सागुरो जित निकाल्यो । फागुन ४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटनका लागि आयोजक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रसान्त ढकाल,एआईए स्कुलका प्रिन्सिपल बिष्णुप्रसाद अर्याल,आयोजक नेरिकका प्रिन्सिपल मनवहादुर खत्रीले रेफ्रिलाई सयंक्त रुपमा बल हस्तान्तरण गरेका थिए । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियर ब्वाईज र जुनियर ब्वाईज दुवै स्पर्धामा समान १२÷१२ विद्यालयको सहभागीता रहेको छ । सिनियरतर्फ समुह एमा नेरिक “ए”सुदेसा,ज्ञान निकेतन,सुमह बीमा काभ्य,बुद्ध एकेडेमी,माउन्ट कैलाश,समुह सीमा एचएचसीए,एसभी एकेडेमी,स्वर्णिम तारा र समुह डीमा ग्रीनफिल्ड,भ्याली पब्लिक,एआइए र नेरिक “बी” रहेका छन् । जुनियरतर्फ सुमह एमा लालिगुरास,ओडीसी,नेरिक,सुमह बीमा ग्रीनफिल्ड,पुस्प सदन,ग्रीनल्याण्ड,समुह सीमा ज्ञान निकेतन,पिपुल्स,एन्जल लर्ड तथा समुह डीमा एसइबी,एआए र काठमाडौं जेभियर रहेका छन् । दुवैतर्फको विजेताले नगद १० हजार र ट्रफि तथा उपविजेताले पाँच हजार रुपैया र ट्रफि प्राप्त गर्नेछन् । तेस्रोले ट्रफि प्राप्त गर्नेछन् । मस्ट भ्यालुएबल प्लेयर ट्रफि र एक हजार नगद पुरस्कार हात पार्नेछन् ।

Comment