पायोनियर स्कुल चेस शुरु

 काठमाण्डौं । पायोनियर पब्लिक स्कुल कपनको आयोजनामा चौथौं पायोनियर अन्तर स्कुल चेस टुर्नामेन्ट शुरु भएको छ । विहीबार पहिलो र दोश्रो राउण्डका खेलहरु सम्पन्न भए ।  ब्बाइज सिनियरतर्फ पायोनियरका सन्देश कटवाल, सौरभ पोख्रेल, सुदिप तामाङ्ग, विराज पुडासैनी, अन्नपूर्ण उमाविका मोहम्मद अदनान आदिल, दिपज्योतिका अपिल रिमाल, ग्रीनल्याण्डका युवराज पौडेल, कंचनजंगाका प्रमित अमात्यले दुबै खेल जितेका छन् । यसैगरी ब्बाइज जुनियरतर्फ अन्नपूर्णका प्रबेश लामा, ग्रीनल्याण्डका प्रशन्न विक्रम कँुवर, त्रिज्योतिका सम्पूर्णराज न्यौपाने, त्रियोग उमाविका विदुर हायु र दिपज्योतिका जनिल मिया समान २ अंकका साथ अग्रस्थानमा रहेका छन् ।
स्वीस लिग ५ राउण्डको खेल हुने टुर्नामेन्टमा गल्र्स सिनियरतर्फ पायोनियरकी आभा पुडासैनी र अनिशा न्योपाने तथा दिपज्योतिकी मनिषा जैसवालले समान २ अंक प्राप्त गरेकी छिन् । त्यस्तै गल्र्स जुनियरमा पायोनियरकी सुप्रिया बुढाथोकी र ग्रीनल्याण्ड स्कुलकी सम्बृद्धि पाण्डे २ अंकका साथ शीर्षमा रहेकी छिन् । तीन दिने टुर्नामेन्टमा छात्रतर्फ ७० जना र छात्रातर्फ २४ जना खेलाडीहरु सहभागी रहेको आयोजक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।
Comment