एएफसी कपका लागि प्रारम्भीक छनोट

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक गोइतोकु कोजीले एसियन कप छनोट फुटबलका लागि प्रारम्भीक छनोट गरेका छन् । प्रारम्भीक छनोटमा एएफसी सोलीडारिटी कपको उपाधि विजतो टोलीमा थप १३ जना सहितको प्रारम्भीक छनोट भएको हो । प्रशिक्षणमा मनाङ्ग मस्र्याङ्गी क्लबका खेलाडी भने पछि मात्र थपीने छन् । मनाङ्ग मस्र्याङ्गदी बंगलादेशमा हुने एसके कमल अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै छ । नेपालको पहिलो खेल २८ मार्चमा मनीलामा फीलीपीन्ससंग हुने छ ।
बिहिबार छनोट भएका खेलाडीमा विकेश कुथु, रबिन श्रेष्ठ,विराज मर्हजन,अनन्त तामाङ्ग,दिपक गुरुङ्ग, आदित्य चौधरी, विमल घर्ती मगर, विसाल राइ,रञ्जन विष्ट, अनील गुरुङ्ग,हेमन गुरुङ्ग,विक्रम लामा, कमल श्रेष्ठ,अन्जन विष्ट, सुजल श्रेष्ठ,किरण कुमार लीम्बु छन्। यसैगरी, छनोटमा सुमन लामा नवयुग श्रेष्ठ,देवेन्द« तामाङ्ग,विसाल श्रेष्ठ, भरत खवास,राजेन्द« रावल,रञ्जित धिमाल, एलन न्यौपाने, कर्ण लीम्बु, युवराज खड्का,रवि पासवान, बिश्व अधीकारी,विमल पाण्डे, सुनील बल,जितेन्द« कार्की र मन बहादुर तामाङ्ग रहेका छन् । दिनेस राजबंशी,रोहीत चन्द,हेमन्त थापा मगर र विमल बस्नेत पनि प्रारम्भीक छनोटमा रहेका छन् ।

Comment