पायोनियर चेस हुने

 काठमाण्डौं । पायोनियर पब्लिक स्कुल कपनको आयोजनामा यहि माघ २७ गतेदेखि २९ गतेसम्म अन्तर स्कुल र खुल्ला फिडे रेटिङ्ग ब्लिट्ज चेस टुर्नामेन्ट हुने भएको छ । अन्तर स्कुलमा ब्बाइज र गल्र्सतर्फ जुनियर तथा सिनियर गरी चार समुहमा स्वीस लिग ५ राउण्डको खेल हुनेछ । जसमा प्रत्येक समुहका उत्कृष्ठ ३÷३ जनालाई क्रमशः नगद पन्ध्र सय, एक हजार र पाँच सय प्रदान गरिने छ । त्यस्तै उत्कृठ दश जनालाई मेडल दिइनेछ भने उत्कृष्ठ स्कुललाई ट्रफि प्रदान गरिने छ ।
त्यसैगरी माघ २९ गते शनिबार एक दिने खुल्ला फिडे रेटिङ्ग ब्लिट्ज टुर्नामेन्ट हुनेछ । स्वीस लिग ७ राउण्डको खेलमा उत्कृष्ठ १० जनाले कुल २१ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । जसमा प्रथमले रु.५५००, द्धितीयले रु.४०००, तृतीयले रु.३०००, चौथौंले रु.२०००, पाँचौंले रु.१५०० र छैटौंदेखि दशौंले जनही रु.१,००० प्राप्त गर्नेछन् । यस टुर्नामेन्टमा स्कुलतर्र्फ  अनुमानित १०० जना विधार्थीहरु र खुल्लातफ ५० जना खेलाडीहरु सहभागी हुने आयोजक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।
Comment