नेपाललाई सात स्वर्ण

भारतको पश्चिम बंगालमा भएको ट्राइ नेसन्स कप खुला कराते च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पनि हात पारेको नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीका प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
डिसेम्बर १९ देखि २१ तारिखसम्म भएको च्याम्पियनसिपमा ज्ञानी महर्जनले दुई स्वर्ण जितिन् भने गोमन गिरी, प्राश्ना थापा, रुपा महर्जन, राजु गुरुङ र निरज भण्डारीले १–१ स्वर्ण जिते । रुपाले थप १ कांस्य पनि हात पारिन् । त्यसैगरी, बसन्त राई, लक्ष्मण पाण्डे र किरण गुरुङले रजत तथा विवेक ढुंगेलले कांस्य हासिल गरे ।

Comment