पाँचौ नेरिक बास्केटबल विहिबारदेखि


पाचौँ नेरिक बास्केटबल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत आयोजक नेरिक इन्टरनेशनल स्कुलका प्रिन्सिपल मन खत्रीले जानकारी गराए । बिद्यालय खेलकुदलाई मेरुदण्ड बनाई जुनियर प्रतियोगितामा लगानी गर्ने सके मात्र नेपाली खेलकुदले उचाई लिन सक्ने धारण प्रिन्सिपल खत्री थियो । फागुन ४ गतेसम्म संचालन हुने प्रतियोगितामा सिनियर ब्वाईज र जुनियर ब्वाईजका समान १२÷१२ विद्यालयको सहभागीता रहेको सहप्रधानध्यापक प्रकास खत्रीले बताए । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियरतर्फ समुह एमा नेरिक “ए”सुदेसा,ज्ञान निकेतन,सुमह बीमा काभ्य,बुद्ध एकेडेमी,माउन्ट कैलाश,समुह सीमा एचएचसीए,एसभी एकेडेमी,स्वर्णिम तारा र समुह डीमा ग्रीनफिल्ड,भ्याली पब्लिक,एआइए र नेरिक “बी” रहेका छन् । जुनियरतर्फ सुमह एमा लालिगुरास,ओडीसी,नेरिक,सुमह बीमा ग्रीनफिल्ड,पुस्प सदन,ग्रीनल्याण्ड,समुह सीमा ज्ञान निकेतन,पिपुल्स,एन्जल लर्ड तथा समुह डीमा एसइबी,एआए र काठमाडौं जेभियर रहेका छन् ।
दुवैतर्फको विजेताले नगद १० हजार र ट्रफि तथा उपविजेताले पाँच हजार रुपैया र ट्रफि प्राप्त गर्नेछन् । तेस्रोले ट्रफि प्राप्त गर्नेछन् । मस्ट भ्यालुएबल प्लेयर ट्रफि र एक हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता संचालनका लागि अनुमानित ३ लाख लागत लाग्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

Comment