प्रथम काठमाडौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप विहिबारदेखि

नेपाल तेक्वान्दो संघको तत्वाधनमा एवम् युनाईटेड तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम काठमाण्डौ अन्र्तराष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप विहिबारदेखि शुरु हुदैछ । माघ २९ गतेसम्म हुने प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका लागि प्रतिस्पर्धा गर्नेछन। राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आयोजना हुने प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बंगलादेश, भुटान, मलेशिया, ईन्डोनेशिया,हङ्गकङ्ग,इन्डोनेसिया र सिंगापुरको सहभागीता भइसकेको प्रतियोगिता संयोजक नोर्बु लामाले जानकारी ­­गराए ।
पुम्सेको जुनियरमा १२ देखि १४ बर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ बर्षको महिला तथा पुरुष,१७ बर्ष माथीको सिनियर महिला तथा पुरुष गरि ६ डिभिजनमा खेलाईनेछ । प्रतियोगितामा फाईटतर्फ ४० र पुम्से तर्फ ३८ स्वर्ण गरि कुल ७८ स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फाइट (क्योरुगी) तर्फ प्रत्येक डिभिजनका ब्यक्तिगत र टिमका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र र प्रत्येक डिभिजनका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । पुम्सेतर्फ ब्यक्तिगत, जोडी र टिमका प्रत्येक डभिजनका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्रप्रदान गरिने आयोजकका सदस्य कविराज नेगी लामाले बताए । टिम च्याम्पियन,दोस्रो र तेस्रोले ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्री समेत ट्रफि प्राप्त गर्ने संयोजक लामाले बताए । प्रतियोगिता अन्तरगत पारा तेक्वान्दोको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल र भारत पारा तेक्वान्दो खेलाडीहरुकोविच प्रदर्शन खेल समेत समावेश गरिएको छ । विहिबार ह्वीइल चियर तेक्वान्दो खेलाडीले पुम्से र ब्रेकिङ्ग प्रदर्शन गर्ने कविराज नेगी लामाले बताए ।

Comment