बेस्ट ग्रुप क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन बेस्ट ग्रुप भिजन दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेस्ट ग्रुपले दीपिका एकेडेमीलाई ४–० गोलले पराजित ग¥यो । अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ग्लोबल, श्रमशील विद्यापीठ र नेक्सस् पनि क्वाटरफाइनलमा पुगे ।
ग्लोबलले करियर बिल्डिङलाई टाइब्रेकरमा ४–३ ले हरायो । श्रमशीलले ग्रामरलाई ३–० ले पाखा लगायो भने नेक्सस्ले नेपाल तारा स्कुलको चुनौती ५–० ले समाप्त पा¥यो ।

Comment