दीपिका र अनमोल भिड्ने

दीपिका एकेडेमी र अनमोल ज्योति नेफ–साइपल यु–१६ छात्र फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
उत्तर भेगीय शैक्षिक मञ्च, प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा दीपिकाले तारा सदनलाई २–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि सौरभ श्रेष्ठ र सुरेश गिरीले १–१ गोल गरे । अर्को सेमिफाइनलमा अनमोलले केयू सिटीलाई २–१ ले हरायो ।

Comment