हिसान खेलकुदमा सीसीआरसी सेमिफाइनलमा

हिसान खेलकुद सप्ताह अन्र्तगत बास्केटवल प्रतियोगितामा सि.सि.आर.सि, ट्रिनिटि, रोजवड र जेभिएर ई कलेज सेमिफाईनलमा प्रवेश गरेका छन् । वुधवार भएको खेलमा सि.सि.आर.सि.ले टाईम्सलाई ६०–३४ को स्कोरमा हरायो । खेलमा सि.सि.आर.सि.का आशिष बस्नेतले १५ स्कोर गरे । त्यस्तै ट्रिनिटिले लिटिल एन्जल्सलाई ५५–२५ मा हरायो । सो खेलमा ट्रिनिटिका सरोज सापकोटाले १६ स्कोर गरे । रोजवडले आइस्टाईलाई ४१–२५ को स्कोरमा हरायो । खेलमा एलिश वज्राचार्यले १५ स्कोर गरे । बुधवारै भएको खेलमा जेभिइर ले मोर्गनलाई ३४–२७को स्कोरमा हरायो । खेलमा आजुङ्ग राईले १८ स्कोर गरे । विहिवारदेखि छात्र तथा छात्रा तर्फका सेमिफाईलनका खेलहरु संचालन हुनेछन् ।

Comment