खेम र तुलसीको जोडी विजयी

देवीनगर ब्याडमिन्टन क्लबका खेम सुब्बा र तुलसी पुरीको जोडीले सातौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्समा बुधबार जित हात पारेका छन् । उक्त जोडीले चन्द्रसूर्य ब्याडमिन्टन क्लबका सुमन पोखरेल र कमल श्रेष्ठको जोडीलाई २१–९ र २१–७ को सोझो सेटमा पराजित गरे ।
किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धाको अर्को प्रतिस्पर्धामा तीनचुली ब्याडमिन्टन क्लबका नारायण गौतम र अभिषेक गुरुङको जोडीले पशुपतिका किरण खड्का र सुनील अमात्यको जोडीलाई २५–२३ र २१–१६ को सीधा सेटमा हराए ।

Comment