सिंगल्समा क्वाटरफाइनल र डबल्समा सेमिफाइनल समीकरण पूरा


नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत सिंगल्समा क्वाटरफाइनलमा र डबल्समा सेमिफाइनल समीकरण बुधबार तयार भएको छ ।महिला सिंगल्समा भारतकी शिवानी स्वरुप इङलेले चीनकी ना दोङलाई ७–५ र ६–३, भारतकी वैदेही चौधरीले आफ्नै देशकी यशस्वनी पन्वारलाई ६–२ र ६–०, चीनकी जिङ याङले भारतकी जान्भी पटेललाई ६–० र ६–४, चीनकी युजिआओले छेले भारतकी माल्भिका शुक्लालाई ६–३ र ६–२, थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडले श्रीलंकाकी एनिका सेनेभिरत्नेलाई ६–० र ६–१, भारतकी शरण्या गवारेले नेपालकी मायांका राणालाई ६–३ र ७–६(५), जापानकी मियो कोजाकीले भारतकी किरण कलकललाई ७–५ र ६–० तथा चीनकी मिङक्यु याङले भारतकी गौरी अग्रवाललाई ६–० र ६–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्समा भारतका अथर्व शर्माले नेपालका रेन्जन लामालाई ६–३ र ६–४, भारतका मृत्युञ्जय बदोलाले भारतकै आदर्श नागा टिप्पाभट्लालाई ६–४ र ६–३, चीनका पेनग्यु लुले भारतका आदित्य ऐयरलाई ४–६, ६–३ र ६–४, भारतका दिपिन वाध्वाले जापानका रियो लिजुमीलाई ६–३ र ७–५, पोल्यान्डका मिचल वोज्लाकले भारतका गुन्जन जाधवलाई ६–३ र ६–०, भारतका पीयूष सुरेन्द्र सलेकरले भारतका तीर्थ मार्चेलालाई ६–३ र ६–४, भारतका कविर मनरायले चीनका यु लुन झाइलाई ६–२ र ६–० तथा भारतका ईशान सेठीले भारतकै प्रत्युश मोहन्टीलाई ६–१ र ६–१ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष डबल्समा भारतका जैश्विन सिदाना र आदर्श नागा, चीनका पेनग्यु लु र ग्वाङसेन वेन, भारतका गुन्जन र अथर्व तथा भारतका मृत्युञ्जय र दिपिनको जोडी आ–आफ्ने खेल जित्दै सेमिफाइनलमा पुगे ।
सोही स्पर्धाको महिलामा चीनकी छुन्जी गुओ र थाइल्यान्डकी पुन्निन्, चीनका जोङयु लि र जिङ याङ, चीनका ना दोङ र मिङगालाओ याङ तथा चीनका युजिआओ छे र जिङयी वाङ आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनल यात्रा तय गर्न सफल रहे ।

Comment