माउन्ट कैलाश, एचएचसीए र नवज्योतिलाई इनोभेटिभ कप

माउन्ट कैलाश, एचएचसीए र नव ज्योतिले छैटौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । माउन्ट कैलाश सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र नव ज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने । शंखमूलस्थित आयोजक इनोभेटिभ इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा माउन्ट कैलाशले पुष्पसदनलाई ५०–४६ ले पराजित ग¥यो । माउन्ट कैलाशको जितमा देवबहादुर दवाडीले १९ अंक योगदान गरे । पहिलो र दोश्रो क्वाटरमा क्रमशः ६–१४ र ९–११ ले पछि परेको स्थितिलाई उल्ट्याउदै माउन्ट कैलाश उपाधि जित्न सफल भएको थियो । तेश्रो क्वाटरमा १८–५ को अग्रता लिदै माउन्ट कैलाशले जितको आधार खडा ग¥यो । चौथोमा पनि माउन्ट कैलाशले १७–१६ को अग्रता बनायो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले आयोजक इनोभेटिभलाई २२–१८ ले हराउदै उपाधि रक्षा ग¥यो । एचएचसीएकी मिङमा शेर्पाले १२ अंक जोडिन् ।

एचएचसीए पनि सुरुका दुई क्वाटरमा २–५ र ४–८ ले पछि परेको थियो । बाँकी दुई क्वाटरमा क्रमशः १०–२ र ६–३ को अग्रता हासिल गर्दै एचएचसीए उपाधि जोगाउन सफल भयो ।
जुनियर ब्वाइजको फाइनलमा नव ज्योतिले पुष्पसदनमाथि ४६–२९ को सहज जित निकाल्दै नयाँ च्याम्पियन बन्यो । नव ज्योतिका संगम सेनले १२ स्कोर गरे ।
तेश्रो क्वाटरमा दुवै टिमले ९–९ को बराबरी खेले भने बाँकीमा नव ज्योति अगाडि रह्यो । नव ज्योतिले पहिलोमा १०–९, दोश्रोमा १२–६ र चौथोमा १५–५ को प्रदर्शन गर्दैै जित अन्तर फराकिलो बनाएको थियो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय देव, मिङमा र संगम आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा युलेन्स, सिनियर गल्र्समा ग्रिनल्यान्ड र जुनियर ब्वाइजमा हिमालयले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागार्ईं, आयोजक विद्यालयका प्रबन्ध निर्देशक अनन्त कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १२, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा ८ गरी ३६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment