बाल गिताञ्जली क्वाटरफाइनलमा

बाल गिताञ्जली, पुष्प वाटिका, गोल्डेन बर्ड र विनायक दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गिताञ्जलीले नवजीवनलाई टाइब्रेकरमा ६–५, पुष्प वाटिकाले प्रीतिमालाई २–०, गोल्डेन बर्डले न्यु स्टार पोललाई टाइब्रेकरमा ५–३ तथा विनायकले न्यु होली क्रसलाई २–१ गोलले पराजित गरे ।

Comment